
काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको साँगाचोकस्थित सुकुटे बीच रिर्सोट पुगेका छन् ।
आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द छल्न पत्नी सिता, छोरा प्रकाश र अन्य सहयोगीका साथ प्रचण्ड शनिबार साँझ सुकुटे रिसोर्ट आएको स्थानीय विकास मन्त्रालयका राजनीतिक सल्लाहकार माधव सापकोटाले जानकारी दिए ।
सिंगो देशका जनताले बन्दको मार खेप्ने दिन प्रधानमन्त्री भने बन्द छल्न र आराम गर्न रिर्सोटतिर लागेका हुन् । सुकुटे कालिजको मासुका लागि प्रख्यात ठाउँ हो । यसअघि पनि प्रचण्ड कालिजको मासु खान त्यहाँ पुगेको खबर आएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रचण्ड भोलि दिउँसो फर्किने कार्यक्रम छ ।











प्रतिक्रिया