३१ आश्विन २०८३, शनिबार

उद्योगी पशुपति मुरारकाको १ सय ४० रोपनी जग्गा कब्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncp-mao-biplavकाठमाडौं, २७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् उद्योगी पशुपति मुरारकाको काभ्रेमा रहेको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

काभ्रेको बनेपामा रहेको १ सय ४० रोपनी जग्गा झण्डा गाडेर कब्जा गरिएको नेकपा (माओवादी)ले शनिबार दाबी गरेको छ । रोपनीको ४५ लाख पर्ने जग्गा पाँच लाखका दरले खरिद विक्री गरेर राज्यलाई राजश्व ठगी गरेको आरोप लगाइएको छ ।

‘विप्लव’ माओवादीले बजारभाउ, महँगी र कालोबजारीमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ । व्यवसायी मुरारकालाई दलाल, भ्रष्ट र माफियालाई प्रोत्साहन गरेको पनि आरोप लगाइएको प्रेस नोटमा उल्लेख छ ।