३ मंसिर २०८३, बिहिबार

बिना एजेन्डा संविधान संशोधनको पक्षमा एमाले छैनः महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwar-pokhrel_1449581080

लहान, २७ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ ।

सिरहाको चोहर्वामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले संविधान संशोधनको नाउँमा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म आएको छैन् भन्नुभयो ।

संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन् उहाँले भन्नुभयो–“किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रष्ट पार्नुपर्छ, अनि मात्रै संविधान संशोधन बारे सोच्न सकिने छ ।” रासस