२ मंसिर २०८३, बुधबार

‘लोकमानले सबैलाई आतङ्कित पारेकाले महाअभियोग’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsha-man-pun-5पोखरा, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाअभियोगको प्रस्ताव पारित गराउने टुङ्गोमा पुगेको जिकिर गर्नुभयो । रासस