२ मंसिर २०८३, बुधबार

एमाले भन्छ– प्रचण्डले फेरि बोले झुट, एमाले सचिव ज्ञवालीको खण्डन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-pm-speech

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार फेरि सार्वजनिक रुपमै झुट बोलेको भन्दै एमालेले खण्डन गरेको छ ।

सरकारका १०० दिनको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति भइसकेको भनेर झुट बोलेका एमाले नेताको दाबी छ ।

प्रधानमन्त्री दाहालले शुक्रबार संविधान संशोधनको मस्यौदा तयार भइसकेको बताउँदै चार दिनभित्र संसदमा पेस गर्ने बताएका थिए । केही दिनअघि आफूसँगको कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधनमा साथ दिने वचन दिएको उनको दाबी थियो ।

असन्तुष्ट पक्षको माग सम्बोधन गरी अगाडि बढाइएको संविधान संशोधनको प्रक्रियामा ओलीले समेत ‘अगाडि बढ्नुस् म सहयोग गर्न तयार छु’ भनेको प्रचण्डले दोहोर्याएर दाबी गरेका थिए । तर, प्रधानमन्त्रीले दाबी गरेझै एमालले संविधान संशोधनमा साथ दिने बचन दिएको हो भन्ने बीबीसीको प्रश्नमा एमाले सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनबारे एमालेले सरकारसँग कुनै सहमति तथा समझदारी नगरेको बताए ।

‘प्रधानमन्त्रीले यस्तो हावादारी र निराधार कुरा किन गर्नुभयो त्यो मलाई थाहा भएन् । नेकपा एमालेसँग उहाँले न मस्यौदा पेस गर्नुभएको छ । न यो यो विषयमा हामी संशोधन गर्दैछौं भनेर कुनै बुँदागत रुपमले छलफल गर्नुभएको छ,’ एमाले सचिव ज्ञवालीले भने– ‘एमाले अध्यक्षले संशोधन अगाडि बढाउनुस् भनेको भनेर प्रधानमन्त्रीले भन्नु सर्बथा गलत कुरा हो । त्यस्तो प्रचारले वातावरणलाई झन विगार्छ । अविश्वास बढाउँछ । नेकपा एमालेको धारणा अहिले पनि उही छ । आवश्यकता, औचित्य र आधारहरु पुष्टि हुँदाखेरी संविधान संशोधन हुनसक्छ । तर सहमति नै भयो भन्नु सरासर झुट कुरा हो ।’