काठमाडौं, २६ कात्तिक । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चर्चा आएका कुलमान घिसिङ अहिले नेपाल विद्युत प्राधिकरणका कर्मचारीको निशानामा परेका छन् ।
उनलाई नेपाल विद्युत प्राधिकरणका कर्मचारी संगठनहरुले कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरू विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी पटक–पटक राखेका माग सम्बोधन नभएकाले ध्यानाकर्षण गराइएको उल्लेख गर्दै यथाशीघ्र त्यसो नभए कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी दिएका हुन् ।
‘पटक–पटक लिखित र मौखिक आग्रह गर्दा त्यस्ता विषयको समाधान संस्था प्रमुखले लिनुपर्नेमा गैरजिम्मेवार भई ट्रेढ युनियनका अध्यक्ष तथा उल्टै गिरफ्तारी गराउने, सञ्चारमाध्यममा एकपक्षीय समाधार प्रेसित गराउने र कारबाही गर्ने धम्की दिएर कर्मचारीको मनोबल गिराउने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति:











प्रतिक्रिया