३१ आश्विन २०८३, शनिबार

विश्वकप छनोटः नेयमारको ब्राजिलले मेस्सीको अर्जेन्टिनालाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neymar

काठमाडौं, २६ कात्तिक । विश्वकप छनोट फुटबल प्रतियोगितामा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

शुक्रबार विहान घरेलु मैदानमा भएको प्रतिस्पर्धामा ब्राजिलले अर्जेन्टिनामाथि ३–० को शानदार जित निकालेको हो ।

ब्राजिलमा स्टार खेलाडी नेयमार छन् भने अर्जेन्टिनामा लिओनल मेस्सी छन् । यहाँ नेयमारको टिमले घरेलु मैदानमा मेस्सीको अर्जेन्टिनालाई हराएको हो ।

ब्राजिलका लागि २५ औं मिनेटमा काउटिन्होले गोल गर्दै टिमको अग्रता सुरुवात गराएका थिए । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेयमारले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित सुनिश्चित गरेको थियो ।

यो जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकका साथ विश्वकप छनौटको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिना भने १६ अंकसहित छैटौं स्थानमा छ ।