२ मंसिर २०८३, बुधबार

संसद अबरोध गर्ने निर्णय गठबन्धनले किन लुकायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morchaकाठमाडौं, २५ कात्तिक । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले शुक्रबार बस्ने व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्ने निर्णय गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको गठबन्धनको बैठकले शुक्रबारको संसद बैठक अवरोध गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

‘संविधान संशोधनका लागि दबाब दिन शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय भएको छ’, स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भन्यो, ‘शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्ने निर्णय पनि भएको छ ।’

संसद अबरोध गर्ने यो निर्णयलाई गठबन्धनले लुकाएर राखेको छ । निर्णय लुकाउनुका कारणबारेमा केही बताइएको छैन ।

संसदको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअियोगमा छलफल हुने कार्यक्रम छ ।

महाअभियोग माथिको छलफललाई असर गर्ने गरेर गठबन्धनले किन सदन अवरोध गर्न लागेको हो नेताहरूले खुलाएका छैनन् ।