२ मंसिर २०८३, बुधबार

संशोधन दर्ता नभए मंसिरदेखि सरकारविरुद्ध आन्दोलन : गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-gahabndhanकाठमाडौं, २५ कात्तिक । संघीय गठबन्धनले संविधान संशोधनको प्रस्ताव दर्ताका लागि कात्तिक मसान्तसम्म पर्खने निर्णय गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको गठबन्धनको बैठकले कात्तिक मसान्तसम्म सरकारलाई पर्खने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘सरकारलाई संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराउन कात्तिक मसान्तसम्म दिएको समय अझै बाँकी छ’, उहाँले भन्नुभयो, ‘कात्तिक मसान्तसम्म संशोधन प्रस्ताव दर्ता भएन भने मंसिर पहिलो हप्ता बैठक बसेर आन्दोलनको घोषणा गर्ने निर्णय भएको छ ।’

सरकारले अहिलेसम्म संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा गम्भीर रुपमा गृहकार्य नगरेको ठहर गठबन्धनको छ ।

‘प्रस्ताव अगाडि बढाउने विषयमा सरकारले जसरी काम गर्नु पर्ने हो त्यो गरेको हामीले पाएका छनौँ’, महासचिव झाले भन्नुभयो, ‘सरकारले धोका दियो भने आन्दोलन घोषणा गरेर अगाडि बढ्नुको बिकल्प छैन ।’

बैठकमा अंगीकृत नागरिकता लिएकालाई दश वर्षपछि संवैधानिक निकायको प्रमुख पदमा जाने भनेर आएको भनिएको प्रस्तावका विषयमा गठबन्धनमा सामान्य छलफल भएको थियो ।

तर सरकारले सो विषयमा आधिकारिक प्रस्ताव होइन भनेर भनि सकेकाले त्यस विषयमा छलफल गर्नु आवश्यक नरहेको ठहर गठबन्धनले गरेको झाले बताउनुभयो ।

लामो समयपछि बसेको गठबन्धनको बैठकमा सरकारले तीन बुँदे सहमति अनुसार काम अगाडि बढाउन दबाब दिने निर्णय पनि गरेको छ ।