२ मंसिर २०८३, बुधबार

‘विप्लव’ माओवादीका नेता कार्यकर्ता धमाधम पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoकाठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का दुई जना नेता भक्तपुरमा पक्राउ परेका छन् ।

चक्का जाम गर्न सडकमा आएका भक्तपुरका जनसरकार प्रमुख राजाराम लागे र ध्रुव किराँतीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू चक्का जाम गर्न भक्तपुरको दुधपाटीमा आएका बेला प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता तिलक मल्ल क्षितिजले जानकारी दिए ।

उता प्रहरीले चितवनको नारायणगढस्थित पुल्चोकबाट पाँच जनालाई पक्राउ गरेको छ । सडकमा उत्रिएर चक्का जाम गर्न खोजेको भन्दै उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।