२ मंसिर २०८३, बुधबार

भोलि किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा

171.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal

काठमाडौं, २४ कात्तिक । सरकारले भोलि (बिहीबार) किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले कात्तिक २५ गते फाल्गुनन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिइएको जानकारी दिए ।

उनले यसअघि भोलि सार्वजनिक विदा भनेर मन्त्रालयको लेटर प्याडमा आएको विज्ञप्ति नक्कली भएको बताए । ‘भोलि सार्वजनिक विदा दिने निर्णय भएको छैन् । किरात धर्मावलम्वी कर्मचारीलाई मात्रै हो । गृह मन्त्रालयको लोगो भएको विज्ञप्ति झुटो हो,’ उनले भने ।

झुटो विज्ञप्तिबारे छानविन हुने गृह प्रवक्ता पन्थीको भनाई छ ।

(नोट: यसअघि समाचारको आधार बनाएको विज्ञप्ति झुठो भएका कारण आम पाठकमा गलत सूचना प्रवाह भएकोमा क्षमा चाहन्छौं ।)

– सम्पादक