२ मंसिर २०८३, बुधबार

राप्रपा र राप्रपा नेपालवीच पुनः एकताको सुरुवात, यसरी सम्भव भयो सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rpp-Rpp-Nepal-300x225काठमाडौं, २४ कात्तिक । शीर्ष नेताहरूको कार्यविभाजन र जिम्मेवारीलगायतका विषयमा बिबाद भएपछि भाँडिएको राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकताले फेरि नयाँ रुप लिएको छ ।

काठमाडौंको महाराजगञ्जस्थित होटेल सम्बालामा बुधबार भएको दुई पक्षका दोस्रो तहका नेताहरूवीच आगामी तीन महिनाभित्र संयुक्त एकता महाधिवेशन गर्ने सहमति भएको स्रोतले जनाएको छ । दुई राप्रपावीच एकीकरणका लागि अन्तरिम विधान पुनः बनाउने सहमति भएको छ ।

‘राप्रपा र राप्रपा नेपालवीच नयाँ शिराबाट पार्टी एकता गर्ने सहमति भएको छ’, उच्च स्रोतले भन्यो, ‘पशुपति शम्शेर राणा र कमल थापावीच तिहार यता पटक–पटक भएको गोप्य परामर्शपछि दुई पार्टीलाई एकीकरण गर्ने सहमति भएको छ ।’

पार्टी एकताका लागि राप्रपाबाट महामन्त्री दीपक बोहरा र प्रवक्ता ठाकुर शर्मा तथा राप्रपा नेपालबाट उपाध्यक्ष राजीव श्रेष्ठ र निरञ्जन थापाले सहमति गरेका छन् । उनीहरूवीच तीन बुँदे सहमति पनि भएको स्रोतको भनाइ छ ।

अन्तिम निर्णय नहुँदासम्म राप्रपा सत्तामा र राप्रपा नेपाल विपक्षमै बस्ने पनि सहमति भएको छ । स्रोतका अनुसार कुरा मिलेमा मंसिर दश गतेभित्रै दुई पार्टीवीच एकताको घोषणा गर्ने तयारी छ ।

यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कार्यकारी अध्यक्ष बनाएर अधिकारभरि सबै दिएको भन्दै राप्रपाले असन्तुष्टि जनाएपछि एकता प्रक्रिया अवरुद्ध भएको थियो । त्यसपछि दुबै राप्रपाका नेताहरू एकता भाँडेको भन्दै एकअर्कालाई दोषारोपण समेत गरेका थिए ।