काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजयले संसार चकित परेको छ ।
विभिन्न सर्वेक्षण, मिडिया तथा विश्लेषकहरु हिलारीको पक्षमा हुँदा समेत ट्रम्पको अनपेक्षित विजयले विश्वलाई चकित पारेको हो ।
त्यसमा पनि अप्रवासीहरु सबैभन्दा बढी हिलारीको पक्षमा भएका कारण उनले जित्ने अनुमान गरिएको थियो । तर, यी सबै अनुमान र सर्वेक्षण विपरित नतिजा आयो । धेरैले सोच्दै-नसोचेका ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति निर्वाचित भए । यो सँगै अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने हिलारीको सपना रोकियो ।
ट्रम्पको जितपछि अहिले विश्लेषक तथा मिडियाहरुले हिलारीको पराजयका कारण खोतल्न थालेका छन् ।
तीमध्ये केही प्रमुख कारणहरु यसप्रकार छन्ः
– पहिलो कारण त बराक ओबामा प्रशासनको दोष नै हो । ओबामाको पहिलो कार्यकालमा विदेशमन्त्री समेत भएकी हिलारीमाथि ओबामाका दुई कार्यकालमा अमेरिकामा खासै ठूलो परिवर्तन हुन नसकेको र ओबामा प्रशासनका कमजोरी उनको कार्यकालमा पनि दोहोरिन्छ अर्थात फेरि त्यस्तै हुन्छ भन्ने कुरा मतदातालाई लाग्यो ।
– दोस्रो कारण भनेको हिलारी अमेरिकीहरुले घरघरमा हतियार राख्न पाउने नियमको विरोधी थिइन् । ओबामा प्रशासनले खुला हतियार प्रतिबन्ध लगाउने प्रयास पनि गरेका थिए । यो प्रयासमा हिलारीले समर्थन जनाएकी थिइन् । यो विषयलाई ट्रम्पले चुनावी मुद्दा बनाए । उनले आफू राष्ट्रपति बने हतियार खुला गर्ने घोषणा गरे । यसले जनमानसमा हिलारीविरुद्ध नराम्रो असर पर्यो ।
– तेस्रो कारणमा विदेश मन्त्रीका रुपमा हिलारीले निजी सर्वरबाट लाखौ इमेल प्रयोग गरेकी थिइन् । ट्रम्पले यो मुद्धालाई पनि उचाले । निर्वाचनको अन्तिम चरणमा संघीय जाँच आयोग एफबीआईले हिलारीमाथि छानविन थाल्यो । जसले उनको लोकप्रियता घट्यो । यद्यपी छानविनबाट भोटिङ अगाडि हिलारीले सफाइ त पाइन, तर त्यतिन्जेल ढिला भैसकेको थियो । यसले हिलारीविरुद्ध माहौल बन्यो ।
– अर्काे भनेको हिलारीले विरामी लुकाउनु । उनको स्वास्थ्यको बारेमा धेरै कुरा लुकाइएकाले ट्रम्पले यसलाई ठूलो मुद्दा बनाएर उचाले । यसबाट पनि जनमानसमा हिलारी राष्ट्रपतिको जिम्मेवारी पूरा गर्न सक्षम छैनन् भन्ने सन्देश गयो ।
– बराक ओबामाले राष्ट्रपति भएपछि अमेरिकाको आर्थिक मन्दीलाई हटाएका थिए । ओबामाकै लाइनकी हिलारी राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा कुनै परिवर्तन नहुने निचोड अमेरिकी जनताले निकाले ।
– अमेरिकी चुनाव अभियानमा प्रभाव राख्ने यहुदी समुदायका मतदाताहरु हिलारीका पक्षमा नआउँदा उनको हार भयो ।












प्रतिक्रिया