२ मंसिर २०८३, बुधबार

को हुन् डोनाल्ड ट्रम्प ? यस्ता छन् विश्वमै उथलपुथल ल्याउने महत्वाकांक्षी योजना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

donald-trump

काठमाडौं, २४ कात्तिक । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ट्रम्प राष्ट्रपति बन्ने करिब करिब निश्चित भइसकेको छ । अमेरिकी जनताले उनको स्पष्ट नीतिलाई मनपराएको पछिल्लो परिणामलाई हेरर विश्लेषण गर्न थालिएको छ । उनको अप्रवासीसम्बन्धी नीतिले विश्वमै उथपपुथल ल्याउने विश्लेषकहरु बताउँछन् ।

को हुन् ट्रम्प ?

– डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ का दिन भएको थियो । ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । न त उनले रक्सी पिएका छन् न लागू औषध सेवन गरेका छन् । उनका ठूला दाजू फ्रेड जड्याँहा थिए तर, डोनाल्डलाई भने नपिउन सल्लाह दिन्थे । फ्रेडले कुलतका कारण ज्यान गुमाए ।

– ट्रम्पको सुनौलो कपालको निकै चर्चा हुने गरेको छ । भनिन्छ उनले आफ्नो कपाललाई ब्लो ड्राइ गरेर पछाडिसम्म कोर्ने गर्छन् । २००७ मा वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट डब्ल्यू डब्ल्यू ईका अध्यक्ष भिन्स मिकम्यानसँग उनले एउटा अनौठो बाजी राखेका थिए । दुबै जनाले एकएक जना रेसलर छानेका थिए र हार्नेले कपाल खौरनुपर्ने सर्त थियो । यसमा जित ट्रम्पकै भयो र उनले मिकम्यानको कपाल खौरन सहयोग पनि गरे ।

– ट्रम्पले रक्सी नपिएपनि २००६ मा आफ्नै भोड्का बजारमा ल्याएका थिए । उनले यो भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर, २०११ मा राम्रो व्यापार गर्न नसकेपछि ट्रम्प भोड्काको उत्पादन बन्द गरिएको थियो ।

– आफ्नो नाममा बोर्ड गेम भएका ट्रम्प पहिलो राष्ट्रपतीय उमेदवार हुन् । मोनोपोली (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो ।

– २०१६ मा फोब्र्स म्यागजिनले जनाए अनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको छ ।

यस्ता छन् उनका महत्वाकांक्षी योजना

– अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने मुख्य एजेण्डा ।

– सीमा क्षेत्रमा कडाई गर्ने ।

– अमेरिकामा कानुनी रुपमा मात्र मान्छेहरुलाई प्रवेश दिने ।

– मान्छेहरु गैरकानुनी रुपमा सीमा पार गरेर अमेरिकामा खनिइरहेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्नेहरु ठूलोसंख्यामा अपराधमा संलग्न छन् । यो रोकिनैपर्छ । अहिले नै रोकिनुपर्छ ।

– हामीले बाहिरबाट अमेरिकामा मान्छेहरु नल्याउने भनेको होइन, ल्याउँछौं । तर हामीले कानुनी रुपमा अमेरिकामा मान्छेहरु ल्याउनेछौं ।

– राष्ट्रपतिका रुपमा म सिमाको मामलामा अत्यन्तै कठोर हुनेछु । मैले पूर्ण कागजपत्रबिना अमेरिकामा मान्छेहरुलाई छिर्न अनुमति दिनेछैन ।

-मैले एचवानबी भिसालाई सस्तो श्रम कार्यक्रमको रुपमा प्रयोग गर्ने कामलाई सधैका लागि बन्द गर्नेछु । हरेक भिसा र इमिग्रेशन कार्यक्रमका लागि अमेरिकी कामदारलाई नियुक्त गर्ने पूर्ण आवश्यकतालाई संस्थागत गर्नेछु ।

-हामी हाम्रो देशमा बाहिरबाट मान्छेहरु आएको चाहन्छौं । तर तिनुहरु कानुनीरुपमा नै आउनुपर्छ ।

– मेक्सिकन नेताहरुले धेरैबर्षदेखि अमेरिकामा गैरकानुनीरुपमा छिर्ने कामदारमार्फत उनीहरुको देशबाट अमेरिकामा अपराध र गरिबी पठाउने कामको फाइदा लिइरहेका छन् ।

– सिमा बिनाको देश त देश नै होइन । गैरकानुनी रुपमा मान्छेहरु अमेरिका छिर्ने क्रम रोकिनैपर्छ । अमेरिकामा कम्तीमा पनि ११ मिलियन मान्छेहरु गैरकानुनी रुपमा आएका छन् । तिनीहरु सबै बाहिर जानेछन् । उनीहरुमध्ये केही फर्केर अमेरिकामा पनि आउनेछन् तर उपयुक्त प्रकृयामार्फत ।

नेपालीलाई के हुन्छ ?

ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा चीन देखि नेपाल सम्मलाई प्रभाव पर्ने देखिएको छ । खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुनेछन् । ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् । यसमध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ ।