२ मंसिर २०८३, बुधबार

जर्ज बुसले आफ्नै पार्टीका उम्मेदवार ट्रम्पलाई किन भोट दिएनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

george-w-bush-and-his-wife

काठमाडौं, २४ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र उनकी पत्नी लउराले मंगलबार भएको राष्ट्रपति चुनावमा आफ्नै पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई मत नहालेको समाचार आएको छ ।

बुस बराक ओबामाभन्दा पहिले रिपब्लिकन पार्टीबाट अमेरिकाको राष्ट्रपति बनेका थिए । तर, रिपब्लिक पार्टीकै तर्फबाट अहिले राष्ट्रपतिका प्रत्यासी ट्रम्पलाई भने उनले भोट दिएनन् ।

बुसका प्रवक्तालाई उद्धृत गर्दै यूएस टुडेले भनेको छ- ‘आफ्ना भाइ जेब बुसलाई गाली गरेको र राष्ट्रपति पदका लागि योग्य नभएको टिप्पणी गर्दै जर्जले ट्रम्पलाई भोट दिएनन् ।’

समाचारमा जनाइएअनुसार जर्जले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पनि भोट दिएनन् । जर्ज बुस र उनकी पत्नीले ट्रम्प र क्लिन्टन राष्ट्रपतिका योग्य उम्मेदवार नभएको भन्दै दुबैलाई भोट नदिएको बताइएको छ ।

वर्तमान राष्ट्रपति बराक ओबामाले भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनलाई भोट दिएका छन् । राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै आउँदैछ ।