२ मंसिर २०८३, बुधबार

देउवाले किन भुले गणेशमान सिंहलाई ? देउवा र सिटौला समूहद्वारा बहिष्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman-singh-congressकाठमाडौं, २४ कात्तिक । नेपाली राजनीतिमा लामो संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले कुनै औपचारिक कार्यक्रम राखेको नदेख्दा कार्यकर्ताहरू खिन्न हुन पुगेका छन् ।

गणशेमान सिंहलाई उहाँकै नाममा खुलेको ‘गणेशमान सिंह फाउन्डेशन’ नामक संस्थाको नाममा स्मरण गरिएको छ । विक्रम संवत १९९७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका गणेशमान जनतालाई दासबाट मालिक बनाउने उदेश्यका साथ आफ्नो पुर्खौली सम्पत्तिको लोभ नगरेर आन्दोलनमा होमिएका थिए ।

तर उनै गणेशमान सिंहको १०१औँ जन्मजयन्ती मनाइ रहँदा कांग्रेस मुख्यालय सानेपाले एउटा सन्देश पनि प्रकाशित गरेन । कांग्रेस सभापति शेरबहादुर देउवाले किन गणेशमानलाई भुले भनेर नेता तथा कार्यकर्ताहरू चकित परेका छन् ।

ganeshman-singh-congress-aगणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्णपन कार्यक्रममा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह, नवीन्द्र राज जोशी, विद्यार्थी नेता मनोजमणि आचार्य, कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, राजेन्द्र केसी, मोहनकुमार राई, ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन सहितका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

गणशेमान सिंहको १०१औँ जन्मजयन्तीका अबसरमा कांग्रेसले आज के–के कार्यक्रम राखेको छ भनेर कांग्रेस नेताहरूलाई सोधिएको जिज्ञासामा कांग्रेस नेताहरूले केही बोल्न मानेनन् । ‘यस विषयमा धेरै नबोलौँ’, फोनमा सम्पर्क भएका नेताहरूले भने, ‘कांग्रेसभित्रको गुटको राजनीति हावी छ । बरु समाचारमा नाम उल्लेख नगरिदिनु होला । पछि समस्या हुन्छ ।’

शोभाभगवतीमा भएको गणेशमान सिंहको प्रतिमामा माल्यार्णपन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता तथा कार्यकर्ताहरूको मात्रै उपस्थिति देखिन्थ्यो । सभपाति देउवा र कृष्णप्रसाद सिटौला समूहका नेताहरू अनुपस्थित थिए ।

कार्यक्रममा उपस्थित सीमित नेता तथा कार्यकर्ताहरूले गणेशमान सिंह प्रकाशमान सिंह वा रामचन्द्र पौडेल समूहका मात्रै हुन् भनेर प्रश्न गरिरहेका थिए ।