काठमाडौं, २४ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन, भावी रणनीतिका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी मुख्यालयमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
‘संविधान संशोधनको प्रस्ताव कात्तिक मसान्तभित्र संसद सचिवालयमा दर्ता गर्ने प्रधानमन्त्रीबाट आश्वासन पाएका थियौँ’, उहाँले भन्नुभयो, ‘सो विषयमा अहिलेसम्म के भएको छ भनेर बैठकमा समीक्षा हुनेछ ।’
बालुवाटारमा पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनवीच कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने सहमति भएको थियो ।











प्रतिक्रिया