धनगढी, २३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा राष्ट्रिय नीति विपरितको काम गर्न नहुनेमा जोड दिनुभएको छ ।
धनगढी विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारको तौर–तरिका क्रियाकलाप हेर्दा अन्तर्राष्ट्रिय नीति खिलापमा उभिएको जस्तो लागेको भन्दै राष्ट्रिय नीति विपरित असन्तुलित काम गर्न नहुने बताउनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै एमाले अध्यक्ष ओलीले वर्तमान सरकार स्थानियको निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाउनुभयो । उहाँले स्थानिय निकायको निर्वाचन गराउनका लागी काम कारवाही अघि नबढाएको भन्दै सरकारको गति गाडी रोकिएको मात्र नभई, गेयर नै रोकिएको जस्तो भएको आरोप लगाउनुभयो ।
मधेसका जनतासँग एमालेको सम्बन्ध बिग्रिएको छैन्: नेता नेपाल
यस्तै वरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा नेकपा एमालेको सम्बन्ध नबिग्रिएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश नम्बर २ को भेलामा जनताको उल्लेख्य सहभागिता रहेको भन्दै भेलाले मधेशमा एमालेप्रतिको उत्साहलाई झल्काएको बताउनुभयो । वुधवार कैलालीमा हुने एमाले प्रदेश नम्बर ७ को भेलामा सहभागी हुन एमालेको नेताहरु कैलाली पुग्नुभएको हो ।












प्रतिक्रिया