३१ आश्विन २०८३, शनिबार

कार्कीको भक्तपुर–सिन्धुली दौड पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, २३ कात्तिक । लामो दूरीका धावक रामसुन्दर कार्कीको भक्तपुर–सिन्धुलीगढी दौड मंगलबार पूरा गरेका छन् ।

कार्कीले मंगलबारै भक्तपुरको सल्लाहघारीबाट दौड प्रारम्भ गरेका हुन् । नेपाली कांग्रेस, भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले सफलताको शुभकामनासहित कार्कीलाई बिदाइ गरेका थिए ।

सल्लाहघारीबाट बिहान ८ः३० बजेदेखि कार्कीले दौड सुरु गरेका थिए । कार्कीको सहयोगीका रुपमा सुरजध्वज कार्की रहेका छन् ।

कार्कीको दौड यात्रालाई सूर्यविनायक नगरपालिका, नासा इन्टरनेसनल कलेज, अथर्भ बिजनेस कलेज, सुजुकी ड्राइभिङ स्कुल, ए.सी. डेल्को र म्याक्स मिनी मार्टले प्रायोजन गरेका छन् ।

सिन्धुलीमा हुने हाफ म्याराथनमा सहभागी हुन दौडेरै कार्की त्यहाँ पुगेका हुन् । हाफ म्याराथन बुधबार हुँदैछ ।