२ मंसिर २०८३, बुधबार

राष्ट्रिय अभियानमा ओली-नेपाल सँगसँगै, नेता-कार्यकर्ता उत्साहित (फोटो फिचर)

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-madhav-dhn-tour

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका नेताहरु अहिले देश दौडाहमा छन् ।

पार्टीले सुरु गरेको चार महिने देशव्यापी राष्ट्रिय जागरण अभियानका क्रममा शीर्षदेखि दोस्रो तथा तेस्रो वरियतासम्मका नेताहरु कार्यकर्ताका साथ जिल्ला जिल्ला पुगिरहेका छन् ।

यो अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सँगसँगै देखिएका छन् । पार्टीमा गुट बढेको भन्ने चर्चाका बीच ओली र नेपाल सँगसँगै देश दौडाहमा निस्किएपछि हजारौं नेता कार्यकर्तामा नयाँ उत्साह थपिएको छ ।

संविधान कार्यान्वयनका क्रममा हुने स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो शक्ति बनाउने लक्ष्यका साथ सुरु भएको राष्ट्रिय अभियानमा पार्टीका सबै नेता आ–आफ्नो क्षेत्रमा खटिएका हुन् । शीर्ष नेताहरु भने सबै जिल्लामा पुगिरहेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा बताउँछन् ।

oli-nepal

अभियानकै क्रममा प्रदेश नम्बर ७ को धनगढीमा मंगलबार आयोजित प्रदेश भेलामा सहभागी हुन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मंगलबार विहान बुद्ध एयरको जहाजबाट त्यहाँ पुगेका हुन् । विमानको एउटै सिटमा १ घण्टा २८ मिनेट यात्रा गरेर उनीहरू धनगडी पुग्दा त्यहाँ उपस्थित हजारौँ नेता–कार्यकर्ता उत्साहित भएका थिए ।

यात्राका क्रममा पनि उनीहरूले अनौपचारिक भलाकुसारी गरेका थिए । ‘यात्रामा उहाँहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमदेखि आगामी निर्वाचनसम्मका विषयमा अनौपचारिक भलाकुसरी र छलफल गर्नुभयो,’ ‘विमानमा सँगै यात्रा गरेका अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले भने, ‘उहाँहरू विमानस्थलमा पनि करिब ४५ मिनेट बस्नुभयो, त्यतिबेला पनि उहाँहरूले सँगै पत्रिका पढ्ने, तस्बिर खिचाउने गर्नुभयो ।’

११ बजेको बुद्ध एयरबाट धनगढी विमानस्थलमा पुग्दा दुवै नेतालाई प्रदेश नम्बर–७ का संयोजक एवं पार्टी उपाध्यक्ष भीमबहादुर रावलसहितका नेताहरूले भव्य स्वागत गरेका थिए । प्रदेश र जिल्लास्तरीय भेलापछि एमालेले प्रत्येक निर्वाचन क्षेत्रका साथै देशका सबैजसो सहरहरूमा दसौंं हजार सहभागी विशाल प्रकृतिको आमसभा गर्ने यसअघि नै घोषणा गरेको छ ।

kp-madhav-dhn-tour-1 kp-madhav-dhn-tour-2 kp-madhav-dhn-tour-3 kp-madhav-dhn-tour-4 kp-madhav-dhn-tour-5 kp-madhav-dhn-tour-6

तस्वीरः गोविन्द गिरीबाट ।