२ मंसिर २०८३, बुधबार

देउवालाई मोदीले भने- संविधानमा मधेसीलाई पनि समेट्नुस्, हामी सहयोग गर्छाै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-modi-meet-1

काठमाडौँ, २३ कात्तिक । भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको छ ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न भारत भ्रमणमा रहनुभएका नेता देउवा र भारतीय प्रधानमन्त्रीबीच आपसी हित र चासोका बारेमा केन्द्रित रहेर पनि छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

संविधानमा असन्तुष्ट पक्षलाई समेट्नुस्

भेटमा भारतीय प्रम मोदीले संविधानमा सबै असन्तुष्ट पक्षलाई समेट्न देउवालाई आग्रह गर्नुभएको थियो । ‘सबै असन्तुष्टहरुलाई संविधानको कार्यन्वयनलगायतका सबै प्रकृयाहरुमा समेट्न सकेमा शान्ति, स्थायित्व र प्रगति सम्भव छ’ मोदीले देउवालाई आग्रह गर्दै भन्नुभयो– ‘नेपालको हरेक राजनीतिक स्थायित्व र विकासमा भारतको सधै सहयोग हुनेछ । राजनीतिक स्थायित्वले मात्र दिगो विकास सम्भव हुन्छ ।’

देउवाले जनजाति, मधेसी, थारूलगायतका संविधानप्रति असन्तुष्ट पक्षहरुलाई समेट्नका लागि भइरहेको प्रयासको बारेमा जानकारी गराएपछि मोदीले असन्तुष्टहरुलाई समेटेमा संविधानको कार्यन्वयनमा सहजता हुने सुझाव दिनुभएको थियो ।

यसअघि नेता देउवा र भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीबीच सोमबार भेटवार्ता भएको थियो । पूर्वप्रधानमन्त्री देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधि समेत प्रदान गरेको थियो ।