२ मंसिर २०८३, बुधबार

कञ्चनपुरका पाँच स्थानमासशस्त्रको ‘बिओपी’ स्थापना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

armed-police-force-apf– मोहन विष्ट

कञ्चनपुर, २३ कात्तिक । कञ्चनपुरका विभिन्न पाँच स्थानहरुमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बिओपी) स्थापना हुने भएका छन् ।

सीमा सुरक्षार्थका लागि भन्दै सशस्त्र प्रहरी बलले हाललाई कञ्चनपुरका पाँच र कैलालीका दुई स्थानमा (बिओपी) स्थापना गर्न लागेको हो ।

सशस्त्र प्रहरीको सुदूरपश्चिम पृतना बैद्यनाथ बाहिनी अत्तरियाले कञ्चनपुरका पाँच र कैलालीका दुई स्थानमा ‘बिओपी’ स्थापना गर्नका लागि आन्तरिक गृहकार्य शुरु गरेको सुदूरपश्चिम सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

बैद्यानाथ बाहिनी अत्तरियाका प्रमुख शसस्त्र प्रहरी नायब महानिरिक्षक राजेश श्रेष्ठले कञ्चनपुरको पूर्ववास नपा–७ पुरानो भन्सार, बेल्डाँडी नपा–२ को बैवाह, भीमदत्त नगरपालिका ९ ब्रम्हदेब, दोधारा चाँदनी–१ सुन्दरनगर र गडिगोढमा यस्तै कैलालीको फुलवारीको पवेरा र खगौँला नाकामा समेत शसस्त्रको सिमा सुरक्षा क्याम्प स्थापनाका लागि पहल भईरहेको बताउनुभयो ।

उनका अनुसार शसस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रले फाईल तयार गरेर गृहमन्त्रालयमा पठाईसकेको छ । कञ्चनपुरको पूनर्वास, बेल्डाँडी र ब्रम्हदेबमा शसस्त्रको बेस क्याम्प बनाउने काम प्राथामिकतामा परेको छ ।

गृह र अर्थबाट स्वीकृती पाएपछि चाँडै बिओपी स्थापनाका लागि काम शुरु हुने उनले बताए । कञ्चनपुरको १ सय २९ किलोमिटर भु–भाग क्षेत्रमा हाल बेलौरी र दोधारामा दुई मात्रै सिमा सुरक्षा बेस क्याम्पहरु खडा भएका छन् । भारतले त्यही दुरीमा ३१ ओटा बिओपी स्थापना गरेको छ ।

तुलनात्मक रुपमा नेपाल भारतबाट ठुलो भएपनि ३१ को तुलनामा करिब आधा भन्दा आधा जति बिओपी स्थापना गरिसक्नु हो ।

कञ्चनपुरका दक्षिणी क्षेत्र सिमावर्तीमा बसोबास गर्ने नागरिकहरुले पटक पटक सिमा सुरक्षा बेस क्याम्पस स्थापनाका लागि माग गरेपनि हालसम्म बिओपी स्थापना गर्न नसक्नु विडम्बना भएको छ ।

शसस्त्र प्रहरीले सिमा क्षेत्रमा क्याम्प स्थापनाका लागि सम्बन्धीत निकायसंग पटक पटक जानकारी गराएपनि राज्य संगको सिमित स्रोत साधनका लागि बिओपी स्थापना गर्न नसकिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक श्रेष्ठले बताए । यस्तै शसस्त्र प्रहरीले दार्चुलाको तिंकर र बझाङ्गमा समेत सिमा सुरक्षा गुल्म स्थापनाका लागि अध्ययन गरिरहेको बताए ।

‘सुदूरपश्चिमका सिमा क्षेत्रमा क्याम्प स्थापनाका लागि हाम्रो निरन्तर प्रयास छ ।’ उनले भने ‘जति सक्दो चाँडै सिमा क्षेत्रमा क्याम्पहरु खडा हुन्छन् ।’

सशस्त्रले आफ्नो विभागिय तर्फबाट सिमा क्याम्प खडाका लागि पहल गर्ने नै बताउदै सशस्त्र प्रहरी नायब महानिरिक्षक श्रेष्ठले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सिमा समितिले समेत कहाँ कहाँ सिमा क्याम्प राख्नुपर्छ भन्ने विषयमा पहल गर्नुपर्नेमा उनले जोडदिए । ‘सबैको एकिकृत प्रयासबाट सिमा क्याम्पस स्थापनाका लागि छिटो पहल हुन्छ ।’ उनले भने ‘यसबाट गृह मन्त्रालयको समेत विषेश ध्यान जान्छ ।’

बेल्डाँडी लगायत कञ्चनपुरका विभिन्न स्थानमा सिमा सुरक्षा क्याम्प स्थापनार्थका लागि शसस्त्र प्रहरी बल केन्द्र र गृह मन्त्रालयमा संचारमाध्यम तथा व्यक्तिगत रुपमा घचघच्याउदै आएका पत्रकार रोशन खडकाले सरकारले सुपका तराई जिल्लामा सिमा सुरक्षा बलका क्याम्प स्थापनाका लागि ढिलाई गर्न नहुने बताए ।

‘राष्ट्रको सुरक्षाका लागि सिमा क्षेत्रमा क्याम्पस चाँडै खडा गर्नुपर्छ ।’ उनले भने ‘बिओपी स्थापनासंगै सिमा क्षेत्रका जनतालाई पनि सुरक्षाको अनुभूति हुन्छ ।’

सशस्त्रले कञ्चनपुर–कैलालीका यि स्थानहरुमा सिमा सुरक्षा क्याम्प राख्ने भएपछि स्थानियहरुमा समेत आशा पलाएको छ । पटक पटक सिमा पिडित बन्दै गएका स्थानियले विगतमा पनि सरकार संग सिमा सुरक्षा बलको क्याम्प राख्न माग गर्दै आएका थिए ।

स्थानियले सिमा सुरक्षा बल नभएका कारण नेपाली भू–भाग मिचिनुका साथै सिमा क्षेत्रका स्थानियहरु समस्यामा परेको भन्दै पटक पटक सिमा सुरक्षा बलको माग गर्दै आएका थिए । स्थानियहरु यथाशिध्र सुरक्षा क्याम्पको स्थापनामा गर्न समेत सरकार संग आग्रह गरेका छन् ।