२ मंसिर २०८३, बुधबार

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी

40.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purano-shakti-1

काठमाडौँ, २१ कात्तिक । पुरानो शक्ति अभियान नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गरेको छ ।

पुरानो शक्ति अभियान नेपालद्धारा आइतबार राजधानी आयोजित कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न माग गरिएको हो ।

यदि महाअभियोग प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा चेतावनी समेत पुरानो शक्ति अभियानले कार्यक्रमबाटै दिएको छ ।

पुरानो शक्तिका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्ट नेताले विदेशमा राखेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्ने माग गरे ।

पत्रकार प्रेम कैदीले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई राजनीतिक नेतृत्वले नै संरक्षण दिएको आरोप लगाए ।

कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढ्दै जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।