३१ आश्विन २०८३, शनिबार

वीरगन्जमा अब आन्दोलन र बन्द गर्न नपाइने, युवाहरुले थाले अभियान

63.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung-Tyankar-1

वीरगञ्ज, २१ कात्तिक । नाकाबन्दी र मधेस आन्दोलनको प्रत्यक्ष मारमा परेको तराईमा नयाँ अभियान सुरु भएको छ ।

यसको सुरुआत वीरगञ्जबाट भएको छ । यहाँका सचेत युवाहरुले आन्दोलन र बन्द हड्ताल गर्न नदिन अभियान थालेका हुन् ।

birgajn-fb-169x300छठपछि मधेसी मोर्चाले आन्दोलन गर्ने चर्चा चलिरहेको बेला वीरगञ्जका अगुवा युवाहरुले बन्द बिरोधी अभियान सुरु गरेका हुन् । सामाजिक सञ्जालबाट ‘सेभ बीरगन्ज’ भन्दै सुरु भएको यो अभियान छिट्टै सडकदेखि प्रत्येक गाउँ र घरमा देखिने एक अभियानकर्ता अरविन्द सिंहले बताए ।

उनका अनुसार फेसबुक र ट्वीटरमार्फत चलाइएको यो अभियानमा बिभिन्न राजनितिक दलमा आबद्ध युवा, व्यापारी, समाजसेवी, विद्यार्थी, पत्रकारसहित बिभिन्न क्षेत्रका व्यक्ति जोडिएका छन् । अभियानले नेपाली, भोजपुरी, हिन्दी र अंग्रेजी भाषामा छिटै आफ्नो धारणा सार्वजनिक गर्दैछ ।

पछिल्लो मधेस आन्दोलनमा बीरगन्ज केन्द्रबिन्दु बनेको र त्यसले बीरगन्जको छवि र ब्यापारिक शहरको हैसियतलाई क्षति पुर्याएको भन्दै युवाहरु अब बीरगञ्जलाई बर्बाद हुनबाट बचाउन कुनै हालतमा बन्द हुन नदिने निष्कर्षमा पुगेको र त्यसैको स्वरुप अभियान सुरु भएको अर्का अभियानकर्ता शिवनाथ यादवले बताए ।

विगतको मधेस आन्दोलनमा नेताहरुले अकुत सम्पति कमाएका तर जनता बेरोजगार बनेकाले अब त्यस्तो आन्दोलन गर्नुको औचित्य नभएको बताउँदै उनले भने– ‘बन्दमा जनताले दुःख पाउने मात्र नभएर जनता मर्ने भएकाले अब जनताले धेरै दुःख नपाउन र सहरलाई क्षति नहोस् भनेर बन्दको विरोधमा लागेको हौं ।’