२ मंसिर २०८३, बुधबार

अतिवादबाट खतरामुक्त बनाइ सर्वस्वीकार्य संविधानको कार्यान्वयन हुन्छ: मन्त्री लेखक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mantri-r-lekhak

– प्रकाशचन्द्र बुढाऐर

डडेल्धुरा, २१ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अतिवादबाट खतरामुक्त गरि संविधानलाई सर्वस्वीकार्य बनाउने गरि कार्यान्वयनको प्रक्रिया अगाडी बढिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले संविधान परिवर्तन र संशोधनको दस्तावेज भएकोले संविधान सर्वस्वीकार्यता विकल्प नभएको बताउनुभएको हो । एउटा मुलुकमा जारी भएको संविधान स्वीकार नै नगर्ने र अर्काे संविधानलाई संशोधन नै गर्नु हुँदैन भन्ने दुइओटा खतरनाक अतिवादबाट मुक्त गरि लोकतान्त्रीक पद्धति र मध्यमार्गीबाटो अपनाई विवादरहित सर्वस्वीकार्य संविधान निर्माण गरि मुलुक र लोकतन्त्र जोगाउनु अहिलेको चुनौती रहेको मन्त्री लेखकले दावी गर्नुभयो । वर्तमान सरकारको तीन महिना उपलव्धीपूर्ण रहेको दावी गर्दै मन्त्री लेखकले तीन ओटै तहको निर्वाचन गरि पूर्णतः संविधान कार्यान्वयनका गर्नका लागि सरकारको यो समिकरण बनेको बताउनुभयो ।

फरक प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री लेखकले लोकमान प्रकरणको बढी नै प्रचारबाजी भएको भन्दै आम नागरिकको भावनाअनुसार कांग्रेसले निर्णय गर्ने बताउनुभयो । भौतिक निमार्ण र यातायात, सडक सञ्चालबारे प्रदेश नम्वर ७ लाई भारत र चीनसंग जोड्न आफू योजनाबद्ध किसिमले काम गरिरहेको बताउनुभयो । मन्त्री लेखक आजै बैतडी जानुभएको छ ।