३१ आश्विन २०८३, शनिबार

सोलिडारिटी कप फुटबल: नेपालले टिमोर लिस्टेसँग अंक बाँड्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-football-team-malaysiya-1

काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित बराबरीमा चित्त बुझायो । तर कमजोर प्रतिद्वन्द्वी मानिएको टिमोर लेस्टेसँग बराबरी खेल्नका बाबजुद नेपालको सेमिफाइलमा पुग्ने सम्भावना कायमै रहेको छ ।

समूह ‘ए’ मा रहेको नेपाल मङ्गलबार हुने दोस्रो खेलमा ब्रुनाईसँग ३ गोलको अन्तरमा पराजित भएको खण्डमा पनि सेमिफाइनमा पुग्नेछ । उक्त समूहमा पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन वटमा टोली मात्र सहभागि छन् । पहिलो खेलमा टिमोर लेस्टे ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो । रासस