२ मंसिर २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sri-air

काठमाडौं, २० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो श्री एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

काठमाडौंबाट दोलखाको जिरीका लागि उड्ने क्रममा नाइनएन–एलएलएफ हेलिकप्टर दुर्घटनामा परेको हो । श्री एयर कर्पोरेटका निर्देशक अनिल मानन्धरका अनुसार हेलिकप्टरको अगाडि टर्किस एयरको विमान रहेका बेला पछाडीबाट उडाउन खोज्दा हेलिकप्टरको पछाडीको भाग ढिस्कोमा छोइएर दुर्घटना हुन पुगेको थियो ।

दुर्घटनाबाट हेलिकप्टरको पछाडीको भागमा सामान्य क्षति पुगेको छ । हेलिकप्टरमा कोही पनि यात्रु नभएकाले मानवीय क्षति नभएको मानन्धरले बताए ।