१९ कार्तिक २०८३, बिहिबार

भोजपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhojpur-mapभोजपुर, १९ कात्तिक । भोजपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार वास्तिम–४ बस्ने २७ वर्षीया सुष्मा बस्नेतको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । उनलाई विहिबार उनकै श्रीमान ३० वर्षीय राजकुमार बस्नेतले वास्तिम–८ स्थित एकान्त स्थानको झाडीमा खुकरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

फरार बस्नेतको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।