ललितपुर, १९ कात्तिक । ललितपुरमा एक बालिकाको बलात्कार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ ।
घतालीले विहिबार सोही ठाउँ डेरा गरी बस्ने सर्लाही मंगलपुर–३ घर भएकी १३ वर्षीया बालिकालाई जबरजरस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया