काठमाडौं, १९ कात्तिक । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकाल्दै राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । ‘अब छिट्टै नेपालको तर्फबाट राष्ट्रपति विद्या भण्डारीबाट पनि भारतको भ्रमण हुन्छ,’ उनले भने- ‘तयारीको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।’
शक्तिशाली राष्ट्रप्रमुखलाई सुरक्षा दिन पनि नेपाल सक्षम रहेको र नेपालमा शान्ति छ भन्ने सन्देश मुखर्जीको भ्रमणले दिएको मन्त्रिपरिषद बैठकको निष्कर्ष छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले निक्षेप तथा कर्जा सुरक्षा निगमको अध्यक्षमा राजन खनाललाई नियुक्त गरेको छ ।












प्रतिक्रिया