पाँचथर, १८ कात्तिक । पाँचथरको फिदिम बजारमा देउसी भैलोमा छुरा प्रहार गर्ने समुलाई सिसिक्यामेरा उपकरणको सहयोगमा पक्राउ गरीएको छ ।
आरोपीहरुलाई थप अनुसन्दानका लागी जिल्लाअदालतमा प्रहरीले बिहिबार म्याद थप गरेको छ ।
कात्तिक १४ गते राति १०ः१५ बजे फिदिम बजारको डि फोर होटल अगाडी ताप्लेजूङ, साब्लाखू ६ का हाल फिदिम नपा मा डेरागरी बसेका श्री भन्ने २४ बर्षीय एन्जल ताम्लिनलाई देउसी हेरेको अवस्थामा छूरा प्रहार गरेका थिए ।
प्रहरीले घटना पश्चात फिदिम नपा २ का १७ बर्षीय जेनीस बाँस्कोटालाई पक्राउ गरेका थिए ।
अन्य पाँचजना लाई अनूसन्धान र सिसिक्यामेरामा देखिन आएकाले १५ गते पक्राउ गरीएको डिएसपी नकूल पोखरेलले बताए ।
अन्य आरोपीहरुमा फिदिम नपा २ बस्ने १७ बर्षीय याम कूमार खबास,१७ बर्षीय सनम राई, याङनाम गाविस २ का १७ बर्षीय मुकेश लिम्बू,रानीटार गाविस १ का १७ बर्षीय लक्षू लिम्बू र तेह्रथुम जिल्ला चूहानडाडा ९ का राजन क्षेत्री भन्ने राज कूमार कटूवाल रहेका छन ।
छूराप्रहारका आरोपीहरुलाई ज्यानमार्ने उद्धोग अन्र्तगत मूद्या दर्ता गरी थप अनूसन्दानका लागी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पाँचथरमा अपराध हून नदिन र न्युनिकरणका लागी सिसिक्यामेरा फिदिम बजारमा तत्कालीन प्रजीअ हाल गृह मन्त्रालयका उप सचीव प्रदिपराज कडेलले उद्धघाटन गरेका थिए ।
बजारक्षेत्रमा ठूलै संख्यामा सिसिक्यामेरा तत्कालीन डिएसपी कृष्ण प्रसाद कोईरालाको पहलमा जडान समेत गरीएको अवस्था रहेको छ ।













प्रतिक्रिया