नवलपरासी, १८ कात्तिक । प्रथम नवलपरासी बालिका सम्मेलन २७ बुँदे घोषणा पत्र सहित देबचुली नगरपालिकाको प्रगतिनगरमा सम्पन्न भएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा एसियन बालिका अभियान द गाडेन अफ होप फाउन्डेसन, चाइल्ड नेपाल, सिविस, सिविन नेपाल, कन्सोर्टियम सहित बालबालिकाको क्षेत्रमा क्रियाशिल भएका संघसस्थाहरुको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सांसद् कृष्ण पौडेलको प्रमुख आथित्यतामा र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदीको विशिष्ट आथित्यता, महिला तथा बालबालिका कार्यालय नवलपरासी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायत संचारकर्मी विद्रोही गिरी, के.वि. राना, अधिकारकर्मी रेशम शर्मा, होमनाथ जैसी, खिमानन्द भुषाल, महिला अधिकार कर्मी सरस्वती तिमिल्सिना, विमला अर्याल सहितको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा नवलपरासी जिल्लाका २० भन्दा बढी गा.वि.स र नगरपालिकाका ३०० भन्दा बढी बालबालिकाहरु, शिक्षासेवी, समाजसेवी, बुद्धिजिबी, सञ्चारकर्मी, अधिकारकर्मी, महिला अगुवा र अन्यको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको पहिलो नवलपरासी जिल्लाको बालबालिका को अवस्था र बालिकाहरुले भोग्न परेको समस्याहरुको बारेमा छलफल गरिएको थियो ।
उक्त छलफल कार्यक्रममा पेनालिस्टको रुपमा जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, सञ्चारकर्मि, महिला तथा बालबालिका अधिकारकर्मिहरु ले यस वियषमा तथ्याङ्क सहित राखेका थिए ।
यस छलफल कार्यक्रममा सहभागि बालबालिकाले नववलपरासी जिल्लामा पछिल्लो पटक बालबालिका माथि भएका विभिन्न हिंसा, दुव्र्यवहार, बाल श्रम, बाल विवाह, बाल सहभागिता, स्वास्थ्य, र अन्य बिषयमा उनीहरुले भोेगेको समस्याहरुको बारेमा बताएका थिए । उपस्थित सबै बालबालिकाले बालबालिकामा हुने हिंसा अन्त्य गर्नको लागि समेत छुटै ब्यवस्थाको लागि माग गरेका थिए ।
कार्यक्रममा नवलपरासी जिल्लालाई बालमैत्री जिल्लाको लागि आवश्यक पर्ने सम्पूर्ण पुर्वाधारहरुको विकास निर्माण र बालबालिकाको सहभागितालाई समेत ध्यान दिँदै कार्यहरु गर्नको लागि सबै सरोकारवाला निकायहरुले अनुरोध गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिले नयाँ बनेको सँविधानमा बाल अधिकारलाई मौलिक हकमा समावेश गरिएको र यसको सही कार्यान्वयनको लागि समेत ब्यवस्था मिलाईनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
सम्मेलनमा सरोकारवालासँग बालिकाहरुले बालिका हिंसा, बलात्कार रोक्न भएका प्रयासको वारेमा अन्तरक्रिया गरेका थिए । सम्मेलनमा वक्ताहरुले बालबालिका हराउने, नभेटिने हिंसाको शिकार भईरहेको प्रति चासो व्यक्त गर्दै तथ्याङ्क व्यवस्थित हुन नसकेको अपराधीले उन्मुक्ति पाउन नहुनेमा जोड दिएका थिए ।
जिल्ला बालक्लव सञ्जालका अध्यक्ष विपना शर्माले बालिकाहरु प्रति थप संवेदनशील हुन आग्रह गरेकी थिईन् । स्थानीय राजनैतिक पार्टी, मानवअधिकार कर्मी, युनिसेफ प्रतिनिधि अन्जु आचार्यले बालमैत्री र बालिकाको विषयमा थप संवेदनशील हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि कृष्ण सुवेदीले श्री जनज्योति मा.वि.का गरिब बालबालिकाको लागि पचासहजारको अक्षयकोष घोषणा गर्दै बालबालिकाको अधिकारको संरक्षण गर्न सबै लाग्न जरुरी भएको बताउनु भयो । समारोहमा बालिका विपना शर्मालाई बालअधिकार प्रवद्र्धन गरेको, मुन्ना सिद्धिकीलाई बालबालिकाको संरक्षणमा योगदान पुर्याएकोमा सरिता परियार र तिलकुमारी विरकट्टाले खेलकुदमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपलाका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण दिपक शर्मा, राजु चपागाँई, जमुना खरेलले गर्नुभएको थियो । कार्यक्रममा बालिकाहरुले बाल प्रतिभा मार्फत बालविवाह र बालिका हिंसा रोक्न आग्रह गरेका थिए । सोही दिन होस्टे हैसेको सहयोगमा ७० जना विपन्न बालबालिकालाई शैक्षिक सहायता समेत वितरण गरिएको थियो ।













प्रतिक्रिया