२ मंसिर २०८३, बुधबार

मधेस पसे एमाले नेताहरु, जनकपुरमा उर्लियो जनसागर (फोटो फिचरसहित)

38.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-janakpur

काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु तराईमा जनता भेटघाटमा व्यस्त छन् ।

कांग्रेस र माओवादी केन्द्रका नेता भारतीय राष्ट्रपतिसँग काठमाडौंमा भेटघाटमा व्यस्त भइरहेका बेला एमालेका शीर्षदेखि दोस्रो वरियताका नेताहरु तराईका जिल्लामा कार्यकर्ता र जनता भेटघाटमा व्यस्त रहेका हुन् ।

यसैक्रममा नयाँ निर्वाचनका लागि दबाब दिन देशब्यापी रुपमा तीन महिने कार्यक्रम तय गरेको एमालेले बिहीवार जनकपुरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

uml-janakpur-4

छठ पर्वको अवसरमा जनकपुरधाममा एमाले प्रदेश नं २ कमिटीद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ब्यापक जनसहभागिता देखिएको छ । एमाले नेतृत्वको पूर्ववर्ती सरकारले तराई मधेसको विकासका लागि अघि सारेका कार्यक्रमहरुबारे सर्वसाधारणलाई जानकारी गराउने एमालेको अभियान छ ।

जनकपुरको कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायतका नेताहरु सहभागी थिए ।

विपक्षीहरुले एमालेलाई तराई मधेस विरोधी पार्टीको रुपमा प्रचार गर्ने गरेका भए पनि एमालेले पछिल्लो पटक आयोजना गरेका कार्यक्रमहरुमा अन्य पार्टीको तुलनामा बढी जनसहभागिता देखिंदै आएको छ । तराईको विकासमा ठूल्ठूला आयोजनाहरु र कार्यक्रमका लागि ओली नेतृत्वको सरकारले बजेटको ब्यवस्था गरेको थियो ।

अभियान अन्तर्गत विकासका लागि एमालेले लिएको नीति र कार्यक्रम बारे जानकारी गराउने र ब्यापक जनपरिचालन गरी निर्वाचनको समेत तयारी गर्नेगरी एमाले नेताहरु तराई झरेका हुन् ।

संविधानको रक्षा गर्नु सबैको साझा दायित्वः वरिष्ठ नेता खनाल

uml-janakpur-2
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले तराई–मधेस अलगै र पहाड अलगै हुनुपर्ने माग गलत भएको बताए ।

उनले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याए ।

एमालेका पूर्वअध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मुख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए ।

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक रहेको बताए ।

uml-janakpur-5

एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उनले मधेसको हितका लागि सधै अग्रसर रहेको आफ्नो पार्टीलाई मधेस विरोधी भएको प्रचारमा सत्यता नभएको प्रसङ्ग उल्लेख गरे ।

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के कहाँ संशोधन गर्ने कुराको अस्पष्टताका कारणले समस्या देखिएको छ भने ।

प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षता भएको सो कार्यक्रममा सांसद शत्रुधन महतो र डा वंशीधर मिश्रले एमाले मधेसको उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गरे ।

uml-janakpur-6uml-janakpur-1  uml-janakpur-3