२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको ‘डरलाग्दो’ रहस्य खुल्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab-bidhya-6

काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा यतिबेला काठमाडौंमा छन् ।

गत वर्षको भारतीय नाकाबन्दी, भारतले नेपालको संविधानको स्वागत नगर्नु, अन्तर्राष्ट्रिय फोरममा नेपालको संविधानबारे भ्रम फैलाउनाले नेपाली जनताको चित्त दुखेका बेला पनि भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आए ।

जसको परिणाम पनि देखियो र उनलाई पनि पहिला नै थाहा हुनुपर्छ । नेपालीहरुले उनलाई खुलेर स्वागत गरेनन् । बरु विरोधमा उत्रिए । भारतीय पत्रिका हिन्दूस्तान टाइम्सको खबरलाई मान्ने हो आफ्नो विरोध हुने कुरा मुखर्जीलाई पहिला नै थाहा थियो । त्यसका बाबजुद पनि उनी नेपाल आए किन त ?

यसको कारण हिन्दूस्तान टाइम्सले खुलाएको छ । विहीबार प्रकाशित समाचारमा भारतीय राष्ट्रपतिको भ्रमणको उद्देश्य चीनले नेपालमा बढाइरहेको प्रभाव न्यूनिकरण गर्न नै रहेको उल्लेख छ ।

नेपालमा भारत विरोधी भावना उच्च रहेको बेला मुखर्जीको नेपाल भ्रमणले त्यो कम गर्ने र चिनियाँ प्रभाव कम हुने विश्वास भारत सरकारको रहेको छ ।

भारतीय प्रधानमन्त्रीले १७ वर्षपछि र भारतीय राष्ट्रपतिले १९ वर्ष पछि नेपाल भ्रमण गर्नुको उद्देश्य नेपालसँग पैदा भएको दुरी मेटाउनु र नेपालमा बढिरहेको चिनियाँ प्रभाव कम गर्नु रहेको हिन्दूस्तान टाइम्सले लेखेको छ ।

नेपालको संविधानमा मधेशीको मुद्धालाइ लिएर भारत रिसाएको भएपनि चीनको प्रभाव बढ्न नदिन अन्य परियोजनाहरु द्रुत गतिमा अघि बढाउने तयारीमा भारत रहेको समेत उक्त पत्रिकाले लेखेको छ ।

चीनले नेपालमा उर्जा, रेल र इन्धनमा आफ्नो स्थान बनाउन खोजेपनि भारतले त्यसो गर्न नदिने समेत हिन्दुस्तान टाइम्सको दावी छ । यद्यपी नेपालमा बढिरहेको प्रभावको प्रतिस्पर्धाले चीन–नेपाल–भारतबीच त्रिपक्षीय साझेदारीको सम्भावनालाई पनि बढाइरहेको उक्त पत्रिकाको विश्लेषण छ ।