१९ कार्तिक २०८३, बिहिबार

किशोरी बलात्कारको अभियोगमा गुरुङविरुद्ध मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mudda_print-624x499गाईघाट (उदयपुर), १८ कात्तिक । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ ।

पाँच दिनअघि साँझपख घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र प्रवेश गरी मुख थुनेर प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।

किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि गुरुङ जङ्गलतर्फ भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे थियो । रासस