१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा ३ दिनदेखि हराएकी महिलाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, १८ कात्तिक । रामेछाप जिल्लाको रस्नालु गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृत महिला कात्तिक १५ गते देखी हराएकी रस्नालु २ की बर्ष ४५ को लमदिकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभएको छ ।

शेर्पाको शव बुधबार दिउसो रस्नालु २ खिम्ती खोलामा पानिमा डुबेको अवस्थामा स्थानियहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्तहुना साथ प्रहरी टोली घटनास्थल पुगी आवश्यक अनुसन्धान तथा प्रहरी कार्य पुरा गरि शवलाई पोष्टमार्टम तथा थप अनुसन्धानका लागि अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।