काठमाडौं, १७ कात्तिक । राजधानीको बानेश्वरमा तीन जनामाथि खुकुरी प्रहार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बानेश्वर सुकुम्बासी टोल बस्ने रुपन्देहीका २५ वर्षीय बिक्रम राई, २५ वर्षीय बिक्रम घले मगर र २१ वर्षीय समिर लिम्बु समेत ३ जना मंगलबार बानेश्वर क्याम्पस अगाडि अपरिचित व्यक्तिको छुरा प्रहारबाट घाइते भएका छन् ।
घाइेतलाई उपचारको लागि कान्तिपुर अस्पताल तिनकुने पठाइएकोमा बिक्रम राई र बिक्रम घले मगरलाई थप उपचारको लागि शिक्षण अस्पताल पठाइएको छ ।
उक्त घटनामा संलग्न आशंकास्पद बानेश्वर–३४ बस्ने १७ वर्षीय अनिस खत्री समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।












प्रतिक्रिया