काठमाडौं, १७ कात्तिक । दैलेख बालुवाटार–६ घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने ३९ वर्षीय बिरेन्द्र शाहीलाई टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको अभियोगमा दोलखा चरीकोट–२ घर भई हाल सुकेधारा बस्ने ६० वर्षीय थान बहादुर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–११ बबरमहल स्थित नेपाल आयल निगमको कार्यालयमा डयूटीमा खटिएका सेक्युरिटी गार्डहरु बिच आपसमा विवाद हुँदा लामाले शाहीलाई खुकुरी प्रहार गरेका थिए । घाइते शाहीलाई उपचारको लागि विर अस्पताल पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया