काठमाडौं, १७ कात्तिक । सामाजिक सांस्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले दिदी, बहिनी र संगी टिका कार्यक्रम सम्पन्न गरेको छ ।
शक्ति समुहकी सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाई भाईले मात्र होइन दिदी बहिनीले पनि एक अर्कालाई टिका लगाउन सक्छन् र जुन चेलीको दाई भाई छैनन उनीहरुको लागी यस्तो कार्यले उर्जा थपिने विश्वास रहेको र आगामी दिनमा यस्तो रचनात्मक कार्यलाई कसरी निरन्तरता दिने भन्ने तिर लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै गरि परम्परालाई जोगाई राख्नु हाम्रो दायित्व हो र परम्परा भित्र देखिएका त्रुटिलाई हटाउदै समाजमा सकारात्मक सन्देश जाओस भन्ने हिसाबले दिदी बहिनी संगी टिका कार्यक्रम गरेको महिलाको निम्ति महिला मञ्च नेपालकी सस्थापक अध्यक्ष सृजना पुनले बताउनुभयो ।
त्यस्तै गरि जर्मनकी अनुसन्धानकर्ता मिस लिजाले आफु यस्तो कार्यक्रममा सहभागी हुन पाउदा खुसी भएको र मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको श्रम अधिकारको लागि महिला मञ्चले उठाएको अभियानमा आफू सधै साथ दिने बताउनुभयो ।
महिला मञ्चकी अध्यक्ष छलिमाया मगरले आउने दिनमा यस्तो कार्यलाई निरन्तरता दिने बताउनुभयो । बालाजुको बाइसधारा पार्कमा सम्पन्न सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले एक अर्कालाई टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।












प्रतिक्रिया