१९ कार्तिक २०८३, बिहिबार

महोत्तरीका सीमा नाकामा उच्च सुरक्षा सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

border-checking

गौशाला, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

उहाँले भारत बिहार राज्यको मधुवनी एव्म सीतामढी जिल्लाको ३८ दशमलव ४७ किलोमिटर खुला सीमासँग जोडिएको महोत्तरीका १३ गाविसको सीमा क्षेत्रमा सघन चेकजाँच तथा शङ्कास्पद व्यक्तिमाथि उच्च निगरानीसमेत गर्न थालिएको छ भन्नुभयो ।

नेपाल भारत सीमा जोडिएका महोत्तरीका दक्षिणी क्षेत्रका मुख्य प्रवेश नाका मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, वथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुरलगायत १३ गाविसका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता तथा शङ्कास्पद व्यक्तिमाथि कडा निगरानी थालिएको प्रहरीले जनाइएको छ । रासस