२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं आइपुगे

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-prisedent-welcome-nepal-1

काठमाडौं, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिन औपचारिक नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।

भारतीय राष्ट्रपति मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट दिउँसो १२ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

भारतीय समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरिन् । भारतीय राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु पनि विमानस्थल पुगेका थिए ।