२ मंसिर २०८३, बुधबार

भारतीय राष्ट्रपति आउँदा त्रिभुवन विमानस्थल ५० मिनेट बन्द

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

airport

काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं ओर्लिने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० मिनेट बन्द हुने भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति केहीबेरमा काठमाडौं ओर्लिदैछन् । भारतीय समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।

मुखर्जीको सुरक्षा र आवागमनलाई ध्यान दिई उनी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोक लगाइएको एक कर्मचारीले बताए ।

एयर ट्राफिक कन्ट्रोलका अनुसार १२ बजेर १० मिनेटपछि विमानस्थल पूर्ण रुपमा बन्द हुनेछ ।

मुखर्जीको सवारीलाई मध्यनजर गर्दै विमानस्थल र काठमाडौंको सुरक्षा व्यवस्था र सवारी व्यवस्थापनमा पनि कडाई गरिएको छ ।