१९ कार्तिक २०८३, बिहिबार

चितवनमा सत्ताइस जुवाडे पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3चितवन, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ ।

भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु पाँच लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तनि लाख ३४ हजार १४५ बरामद भएको छ ।

प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताउनुभयो । उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । रासस