काठमाडौं, १६ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्य लक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ ।
काठमाडौंको कमलादीस्थित बहिनीको निवासमा पुगेर पूर्वराजा शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका लगाउनु भएको हो । उहाँलाई ११ बजेर १ मिनेट जाँदा बहिनी शोभाले भाइटीका लगाइ दिनु भएको थियो ।
प्रत्येक वर्ष पूर्व राजा शाह आफ्नी बहिनीको घरमै पुगेर भाइटीका लगाउने गर्नु हुन्छ ।











प्रतिक्रिया