काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिनु गलत भएको बताएका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज थिमिस्थित शङ्खधर चोकमा आयोजना गरेको शङ्खधर प्रतिमामा माल्र्यापण एवम् सम्मान समारोहलाई सम्बोधन गर्दै नेता रावलले सरकारलाई नौ महिने खड्गो लागेकाले देश अगाडि बढ्न नसकेको टिप्पणी गर्दै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिनाले देशको राष्ट्रियता झुकेको बताए ।
संविधान संशोधन गर्न एमाले तयार रहेको बताउँदै उनले भने- ‘अहिलेको संविधानको कुन धारामा देशको कुन जाति, कुन लिङ्ग, कुन भाषा, कुन धर्म, कुन संस्कृति, कुन वर्गका मानिसको अधिकार कहाँ कटौती भयो, त्यो पुष्टि भए एमाले संविधान संशोधनमा सहमत हुन्छ ।’












प्रतिक्रिया