१९ कार्तिक २०८३, बिहिबार

दिपावली गर्दा चारघर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

कपिलवस्तु, १५ कात्तिक । गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएको छ ।

लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो । आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको छ ।

आगलागीका कारण आफूहरुले दिपावलीका बेला खुला आकासमुनि कष्टकर दिन बिताउनु परेको पीडित शिब्बड रैदासले बताउनुभयो ।

आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई आज कपिलवस्तु नगरपालिकाको सहयोगमा त्रिपाल, खाना पकाउने भाँडा, एक हप्तालाई पुग्ने राशनलगायतका सामग्री प्रदान गरिएको नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले बताउनुभयो । रासस