१९ कार्तिक २०८३, बिहिबार

लक्ष्मीपूजाको दिन बालेको दियो सल्केर माओवादी नेताको घरमा आगलागी

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dieo

उदयपुर, १५ कात्तिक । सत्तारुढ नेकपा माओवादी केन्द्र उदयपुरका एक नेताको घरमा तिहारको तेस्रो लक्ष्मीपूजा गर्न बालेको दियोबाट आगलागी भएको छ ।

उदयपुरस्थित रामपुर बजारका नेकपा माओबादी केन्द्रका २ नम्बर वडा कमिटी उपाध्यक्ष प्रेमबहादुर राईको घर पूजा गर्न बालेको दियो बाट सल्केको आगोले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ पूजा गरेर घरका बालबालिका भैली खेल्न निस्केको तथा आमा भान्सामा व्यस्त भएका बेला आगो सल्केर घरमा आगो लागेको थियो । आगलागीबाट फुसको छानो भएको राईका दुईतले काठे घरमा क्षति पुगेको छ भने घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा र कागजात नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोलाई परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय रामपुरको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको थियो ।