२ मंसिर २०८३, बुधबार

अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा यसरी मनाए दिपावली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-dipawali

काठमाडौं, १५ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले आइतबार राष्ट्रपति निवास ह्वाइट हाउसमा दिपावली मनाएका छन् ।

आइतबार लक्ष्मीपूजाको दिन ओबामाले दियो बालेर दिपावली मनाएको ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले दिपावली मनाउँदै एक सन्देश जारी गरी अमेरिका तथा विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिपावलीको शुभकामना भनिएको छ ।

ओबामाले दिपावली मनाउने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको पनि बताएका छन् । उनले सन् २००९ मा पनि पत्नी मिसेलका साथ दिपावली मनाएका थिए ।