काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरि छिट्टै प्रधानमन्त्री बन्न लागेको संकेत गरेका छन् ।
जनताले मन पराएको भएपनि तत्कालिन सरकारमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याउँदा ९ महिनामै पदबाट राजीनामा दिन बाध्य भएका ओलीले आइतबार राजधानीको बालकुमारीमा आयोजित एमाले मध्यपुर नगर समन्वय कमिटीको शुभकामना आदनप्रदान कार्यक्रममा सांकेतिक भाषा प्रयोग गर्दै अब देशको नेतृत्व आफूले लिन लागेको बताए ।
आफूले सरकार छाडेदेखि देशको तीन महिनाको समय खेर गएको बताउँदै ओलीले अब छिट्टै देशलाई अगाडि बढाउने बताए । उनले भने– ‘अहिले गेयर फस्यो, तपाईंहरु ढुक्क हुनुस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछौं, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।’
आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने भन्दै ओलीले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको दाबी गरे ।
नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने उनको भनाई छ ।












प्रतिक्रिया