म्याग्दी, १४ कात्तिक । म्याग्दीको बेगखोलाको बाढिले घरवार विहिन भएका र बाढिबाट प्रभावित बनेका ६४ परिवारलाई प्रवासी नेपाली मञ्च स्पेनले सहयोग हस्तान्तरण गरेको छ । नेकपा एमाले निकट मञ्चले बाढि गएको स्थानमै पुगेर बाढि पीडितका लागि झण्डै २ लाख रुर्पैया बराबरको खाद्यन्न सामाग्री वितरण गरेको हो ।
स्पेनमा रहेका नेपालीहरुबाट संकलीत उक्त रकम मञ्चका संस्थापक अध्यक्ष पुष्प तिमिल्सीना र कार्य समितिका महासचिव लक्ष्मण शर्माको पहलमा वितरण गरिएको हो । सहयोग सामाग्री वितरण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज गणेश तिमिल्सीनाले भवितब्यको कुनै ठेगान नहुने भएकाले पूर्व तयारी नै दुर्घटनाबाट बच्ने उपाए रहेको बताए । बाढिबाट नेपालका थुपै्रै परिवार घरवार विहिन भएको भन्दै तिमिल्सीनाले राज्यले घरवासको प्रवन्ध गर्नुपर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा र एमाले म्याग्दीका अध्यक्ष हरीकृष्ण श्रेष्ठले बाढि पिडित समक्ष सहानुभूति मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा बाढि पीडितका लागि प्रति परिवार एक बोरा चाम, पाँच किलो दाल, दुई किलो चिनी, नुन र चियापति प्रदान गरिएको थियो । भदौ १६ गते राती आएको बेगखोलाको बाढिले खोला नजिकका १४ घर बगाएको थियो भने अरु घर परिवार जोखिममा परेका छन । बाढिका कारण दर्जन भन्दा बढिको खेतबारी समेत बगाएको छ । घरवार विहिन भएका १४ परिवार भने पालमुनी रात विताईरहेका छन ।
यसैगरी पर्वतको पातिखोलाबाट पिडित बनेका बाढि पिडितका लागि समेत प्रवासी नेपाली मञ्च स्पेनले सहयोग गरेको छ । बिहिबार पातिचौर बजारमा क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी बाढि पिडित ४ परिवारलाई खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको हो ।
एमाले नेता तिमिल्सीनाले बाढि पिडित चार परिवारका लागि उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले नेपालीको संकटमा साथ दिन प्रवासी नेपाली सधै तयार हुने कुरा निकै सराहनीय भएको बताए । उनले बाढिबाट पिडित मात्र नभएर भुकम्प र अन्य प्रकोपमा समेत प्रवासीको सहयोग निकै सराहनीय भएको बताउँदै सहयोगको लागि प्रवासी मञ्चलाई धन्यवादन समेत दिए ।













प्रतिक्रिया